बैशाख १२, २०८१, बुधबार
               

जेठ ६ मा हुने उपनिर्वाचनमा बादल नै उम्मेदवार बन्ने

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

काठमाडौं ।राष्ट्रिय सभाको  रिक्त रामबहादुर थापा नै उम्मेदवार बन्ने भएका छन् । 

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताएसँगै उनी २०७८ जेठ ६का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवार बन्ने पक्का भएको हो । 

शुक्रबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी एक नेताका अनुसार ओलीले बादललाई  नै उम्मेदवार बनाउने बताएका छन् । 

जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदै छ । बादललाई माओवादी केन्द्र कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।


कस्तो लाग्यो ?

यो पनि