जेठ ०४, २०८१, शुक्रबार
               

राजनीतिक दलले सकारात्मक भूमिका खेल्न पर्छ : सभामुख सापकोटा

नेपाल फ्ल्यास
बैशाख १०, २०७८

ADVERTISEMENT

चौतारा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सभामुख सापकोटाले बिहीबार नेपाल पत्रकार महासंघ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा गर्दै प्रेस स्वतन्त्रता भन्नु नै लोकतन्त्र भएको बताए । 

उनले प्रसङ्गमा गएको बर्खामा बाह्रबीसे, नाकबुचे र लिदीमा गएको पहिरोबाट विस्थापित भई पीडित परिवारको संरक्षण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले प्राकृतिक मात्र नभई मानव निर्मित यस प्रकारको विपत्ति सामना गर्न योजनाबद्धरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । 

यो पनि