काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले रिक्त रहेका राष्ट्रिसभा सदस्यको पतपूर्तिका लागि उपनिर्वाचन मिति घोषणा गरेको हो । नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल) को सांसद पद खारेज भएसँगै उक्त पद खाली रहेको थियो ।
रिक्त स्थानमा पदपूर्तिका लागि ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।