जेठ ०४, २०८१, शुक्रबार
               

ओलीविरुद्ध नेपाल समूहले दायर रिटको पेसी तोकियो

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर दर्ता भएको छ । साथै, मुद्दाको पेसी आइतबारका लागि तोकिएको छ । 

आफूविरुद्ध प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले गरेको कारबाही अवैधानिक र स्पष्टीकरण विधानविपरीत भएको भन्दै बिहीबार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामामर्फत् दायर गरिएको सो रिटको पेसी आइतबारका लागि तोकिएको हो। 

अदालतमा दर्ता भएको सो रिटमा फागुन २८ मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटी बैठकका निर्णयहरु खारेज गर्न माग गरिएको छ । सो कारबाही खारेज गर्दै उपयुक्त आदेश दिन रिटमा माग गरिएको छ ।

यस्तो छ नेपाल समूहले अदालतमा पेस गरेको रिट

यो पनि