जेठ ०१, २०८१, मंगलबार
               

सकियो ओली-नेपालबीचको दोस्रो चरणको भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको दोस्रो भेटवार्ता सकिएको छ । 

लामो संवादविहिनतालाई तोड्दै बिहीबार नेताद्वयबीच भएको दोस्रो चरणको भेटवार्ता सकिएको हो । दुई नेताबीचको भेटवार्ता नक्सालस्थित मेरियटमा भएको थियो ।भेट कुन विषयमा केन्द्रित भयो भनी खुलाइएको छैन । बिहीबार भएको भेटवार्तापश्चात् दुवै नेता प्रफुल्ल मुद्रामा बाहिरिएका छन् । 

यसअघि बुधबार साँझ दुई नेताबीच पहिलो चरणको वार्ता भएको थियो । पहिलो चरणको वार्ता भएको २४ घन्टा नबित्दै भएको दुई नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै दुई नेताबीचको दूरी टाढिँदै आएको थियो । दुवै मैदानमा एकअर्काको आरोपमा तल्लीन थिए । तर, २०७७ फागुन २३ को सर्वोच्चको फैसलाले दुवैलाई एकै ठाउँ आउन बाध्य बनाएको थियो । जसका कारण दुवैले नेकपा एमालेकै झन्डा र नाममा भेला र गुटबन्दी र एक पक्षले कारबाहीको चेतावनी र अर्को पक्षले पार्टीविपरीत काम गरेको आरोप लागउँदै आएका थिए । 

मंगलबार मात्रै नेपाल समूहका ३२ भन्दा बढी नेता तथा कार्यकर्तालाई तपाईंलाई कारबाही किन नगर्ने भनी प्रश्न गर्दै स्पष्टीकरण सोधिएको छ ।

यो पनि