काठमाडौं । महादेवप्रसाद यादवले नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्म्वारी पाउने भएका छन् ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले कानुन व्यवसायी यादवलाई समिति संयोजंक तोक्ने निर्णय गरेसँगै उनले सो जिम्मेवारी पाउने भएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ। यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए । गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए ।
सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो । उनी राष्ट्रियसभाका पूर्वसदस्य तथा पूर्व महान्याधिवक्तासमेत हुन् ।