जेठ ०६, २०८१, आइतबार
               

आज सर्वोच्चमा सभामुख सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दाको सुनुवाइ हुने

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सर्वोच्च अदालतमा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई हुने भएको छ । धेरै लामो समयदेखि पेशीमा नगएको उक्त मुद्दा आज जान लागेको हो ।

उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुने सर्वोच्च स्रोतले जनाएको छ । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि लाश भेटिएको थियो ।

उक्त हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्दाहेर्दैमा राखिएको थियो । यो रिट यसअघि १९ पटक पेशीमा चढेको थियो । सुरुमा पूर्णिमायाको जाहेरी प्रहरीले लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा चलिरहको छ । 


कस्तो लाग्यो ?

यो पनि