जेठ ०६, २०८१, आइतबार
               

ह्वीप उल्लंघन गर्ने चार सांसदलाई सोध्यो जसपाले स्पष्टीकरण

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । जसपाले पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्ने चार सांसदलाई स्पष्टीकरण सोधेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदलाई जसापले मंगलबार सो स्पष्टीकरण सोधेको हो । जनता समाजवादी पार्टी संसदीय दलले उनीहरुलाई  २४ घण्टाको अल्टिमेटम दिएको छ । सोमबार सरकारविरुद्धको  अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरु सोही दिन मन्त्री बनेका थिए । 

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि