जेठ ०८, २०८१, मंगलबार
               

सकियो माओवादी स्थायी कमिटी बैठक : भएन सरकारलाई दिएको समर्थन फिर्ता

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको सो दलको स्थायी कमिटी बैठक केहीबेर अघि मात्रै सकिएको हो ।

तर,  बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय गर्न सकेन । नेता देवेन्द्र पौडेलका अनुसार बैठक भोलि पनि बस्नेछ । 

सरकारको विरोध गरे पनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्ने सम्मभावना पनि छैन ।

सोमबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नभएसम्म नयाँ सरकारको सम्भावना नरहेको बताएका छन् ।

त्यसैगरी, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई पटक-पटक सरकारलाई दिएको समर्थन फिर्ता गर्न लैजान चेतावनी दिँदै आएका छन् । 

यो पनि