बैशाख २३, २०८१, आइतबार
               

मंगलबार २.६८ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं ।साताको तेस्रो दिन अर्थात् मंगलबार नेप्से २.६८ अंक बढेर २६६४.६१ बिन्दुमा पुगेको छ।आइतबार र सोमबार लगातार ओरालो लागेको बजार मंगलबार झिनो अंकले बढेको हो ।  

मंगलबार प्रि ओपन सेसनमा ११ अंक बढेको बजार, नियमित कारोबार सुरु भएलगत्तै ओरालो लागेको थियो। लगभग आधा घन्टा बजार गिरावट आए पनि बजार पुन: उकालो लागेको थियो। त्यसपछि बजारमा पुनः ‘बियर’ हाबी भए र अर्को आधा घन्टा बजार उनीहरुको कब्जामा रह्यो। त्यसपछि पुनः बजारमा ‘बुल’ को उपस्थिति बढेको थियो।

मंगलबार कारोबार रकम पनि सन्तोषजनक नै भएको छ । यस दिन पाँच अर्ब ५३ करोड ८६ लाख रुपैयाँबराबरको १ करोड २३ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार महिला लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, ज्योति लाइफ र हिमालयन उर्जाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको सेयरमूल्य ८ प्रतिशत बढेको छ।

यस दिन सेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर न्यून रहेको छ। कुनै पनि कम्पनीको सेयरमूल्य यस दिन साढे २ प्रतिशतभन्दा बढी घटेको छैन। कारोबारमा आएको सिर्जना फाइनान्सको सेयरमूल्य सर्वाधिक २.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४२ लाख ८९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ८६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।


कस्तो लाग्यो ?

यो पनि