जेठ ०९, २०८१, बुधबार
               

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्दैन : देउवा

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने बताएका छन् । 

सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको आरोप लगाउँदै सो बताएका हुन् । 

‘प्रचण्डले फिर्ता लिएको छैन, प्रचण्डले फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उनले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् । के के भइरहेको छ ?’

हिजो ओली राष्ट्रवाद भन्ने गरिए पनि आज ओलीको राष्ट्रवाद त्वम् शरणम् भएको बताउँदै सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

कम्युनिस्टहरु राष्ट्रवादी नभएर अवसरवादी भएको सभापति देउवाले बताए । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिस्ट हुन्,’ सभापति देउवाले भने । 

परिस्थिति आफ्नो नेतृत्वमा सरकार बन्ने खालको नभएको भन्दै बताउँदै देउवाले आफूले परिस्थिति हेरिरहेको बताए । ‘हेर्दै जाऔँ परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्,’ सो क्रममा देउवाले भने ।

यो पनि