बैशाख २०, २०८१, बिहीबार
               

मुख्यमन्त्री पोखरेललाई दियो जसपाले साथ, आजै मन्त्री पदको शपथ लिँदै

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन सांसदले मुख्यमन्त्री पोखरेललाई साथ दिएका छन् । 

सोमाबार मात्रै पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरुले पोखरेललाई साथ दिएका हुन । पोखरेलले आजै चार बजे उनीहरुलाई मन्त्री पदको शपथ गराउँदै छन् । 

सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ सांसदको हस्ताक्षर थियो । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न तयार भएको स्रोतको दाबी  छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् ।

यो पनि