जेठ ०३, २०८१, बिहीबार
               

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोडन नसक्ने बताएका छन्।

आइतबार काठमाडौंमा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताएका हुन् । 

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसिसि प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए। कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसिसि सम्बन्धी विधेयकको प्रसङ्ग नभने पनि आफूलाई स्वतन्त्रतापूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए। कसैले काम गर्न अवरोध गरे रोक्न खोजे पनि नरोकिने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए। खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुने गरी निर्णय गर्ने प्रष्ट पारे।

संघीय संसदलाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरिएको बताए। संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको उनले गुनासो थियो। अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताए। यसरी भ्रममा पारेर सधैं कसैलाई बसमा पार्न नसकिने सापकोटाको भनाइ थियो ।

संसदमा विचाराधिन विधेयकमा सभामखुले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसिसि शब्दको उच्चरण नगरी स्पष्टिकरण दिएका थिए।


कस्तो लाग्यो ?

यो पनि