बैशाख १५, २०८१, शनिबार
               

गृहमन्त्री थापाले लिए शपथ

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

पदमुक्त भएको केही घण्टाभित्रै  रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त भएका छन् । पार्टी छाडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारवाही गरेपछि आजै थापाको राष्ट्रिय सभा सदस्य र मन्त्री पद खोसिएको थियो । 

राष्ट्रिय सभा सदस्य पदमुक्त भएका थापालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ बमोजिम गृहमन्त्रीमा नियुक्त गर्दै आज साँझ पद तथा गोपनियताको सपथ लिएका हुन् । 

माओवादीले यसअघि नै प्रतिनिधि सभा सदस्यहरु टोपबहादुर रायमाफी, लेखराज भट्ट, प्रभु साह र गौरिशंकर चौधरीलाई सांसदबाट हटाईसकेको छ । यद्यपि उनीहरू पुन: मन्त्रीमा नियुक्त भइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि