बैशाख १७, २०८१, सोमबार
               

भारत भ्रमणबाट फर्किएका पूर्वराजालाई विमानस्थलमा भब्य स्वागत

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर आज स्वेदश फर्किएका छन् ।

पूर्वराजा शाह आज आइतबार अपरान्ह स्वदेश आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजालाई भब्य स्वागत गरिएको थियो ।

पूर्वराजालाई भारतमा धार्मिक संस्थाहरूले नेपाल नरेश सरहको व्यवहार गरेका थिए । विश्वको एकमात्र हिन्दु सम्राटको रुपमा पूर्वराजालाई सम्मान दिइएको थियो । 

त्यसक्रममा नेपालका पूर्वराजा ज्ञानेन्द्रले गङ्गास्नान गरेका थिए । पूर्वराजाको यसपटकको भ्रमणलाई भारतीय संचारमाध्यमले पनि उच्च महत्त्व दिएका छन् ।

हरिद्वार कुम्भ मेलाको शाही स्नानमा जान पूर्वराजालाई लागि विशेष रथको व्यवस्था गरिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि