बैशाख १६, २०८१, आइतबार
               

एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

आजकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् । 

आजकाे बैठकमा उनले लामो समयदेखि विचाराधिन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनले भने, ‘एमसिसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबीजी अधिकार उहाँसँग छैन, त्यसलाई लामो समयसम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरूको साझा धारणा रह्यो । केही दलहरु एमसिसीप्रति आलोचक पनि हुनुहुन्थ्यो। उहाँहरुले एमसिसीप्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो । तर संसदले जे गर्छ बिजनेस चाहीँ रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ । यो विषयमा सभामुख र कार्यव्यस्थामा छलफल गरेर टुंगोमा पुर्‍याउनु पर्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए ।

यो पनि