बैशाख १७, २०८१, सोमबार
               

माओवादी सर्वदलीय बैठकमा सहभागी नहुने

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वदलीय बैठकबारे माओवादी केन्द्रलाई जानकारी नभएकै कारण सो बैठकमा सहभागी नहुने बताएका हुन् । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सर्वदलीय बैठकमा बोलाइएको बताए ।
शुक्रबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेका थिए । शुक्रबार प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोन वार्ता भए पनि सर्वदलीय बैठकबारे कुनै कुरा नभएको प्रचण्डका प्रेस सल्लाहकार जुगलले बताए । 

त्यसैगरी, उनले प्रधानमन्त्रीको निवास बोलाएको भए पनि प्रचण्ड नजाने बताए । ‘सर्वदलीय बैठकको कुरो जुन बाहिर आएको छ, त्यो होइन,’ उनले मकालु खबरसँग भने, ‘फोनमा कुराकानी भाको हो, बालुवाटार भेटौँ भनेको हो, उहाँ (प्रचण्ड)ले बालुवाटार होइन, सिंहदरबार भेट्ने भए भेटौँ भन्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि डोकेका छन् । 

यसअघि चैत ३ गते राष्ट्रपतिले शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् । उक्त बैठकमा नेताहरुबीच भनाभन भएको थियो भने राष्ट्रपतिकै भुमिकाबारेमा आलोचना भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि