बैशाख १५, २०८१, शनिबार
               

आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै, होला त सहमति ?

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको महामारी र भइरहेको राजनीतिक गतिविधीलगायत विभिन्न विषयमा छलफलको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आज सर्वदलीय बैठक बोलाएका हुन् । 

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाएको उक्त बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

देशमा पछिल्लो समय राजनीतिकमा खलबल भएसँगै नेकपा एमाले पार्टीभित्रै मनमुटाव भएको छ । नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायत केही नेताहरु प्रधानमन्त्री ओलीसँग अलगीएका छन् ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीसँग नजीक छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर वर्तमान प्रधानमन्त्री ओलीलाई हटाएर संयुक्त नयाँ सरकार बनाउने विषयमा देशभर चर्चा चलेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अन्य दलहरुसँग प्रस्ताव राख्दै आएका छन् । तर, माओवादी केन्द्रले देउवाको उक्त प्रस्तावमा सहमती जनाए पनि जसपाका केही नेताहरुले अझै सहमती जनाएका छैनन् । 


कस्तो लाग्यो ?

यो पनि