जेठ ०६, २०८१, आइतबार
               

कांग्रेसद्वारा चितवन घटनाको निन्दा

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा शुक्रबार नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि सांघातिक हमला भएको भन्दै सो घटनाको निन्दा र भत्सर्ना गरेको छ ।
 
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिकस्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने उल्लेख गरेका हुन् ।

यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट कांग्रेस नीतिगत रुपले नै त्यसविरुद्ध सदैव उभिने उल्लेख गर्दै उनले घटनामा घाइते भएका विद्यार्थी नेता दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् ।

सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । कांग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि