जेठ ०६, २०८१, आइतबार
               

फ्लोर क्रस गर्ने ४ सांसदलाई एमालेले गर्‍यो कारबाही

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीका सांसद महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरेकाे छ । संसदीय दलको ह्वीप उलङ्घन गरेकाे भन्दै दुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको हाे । 

उनीहरूलाई साधारण सदस्यसमेत नहरने गरी कारबाही गर्न पार्टी प्रदेश र केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए ।

मुख्यमन्त्री शाहीको प्रस्तावको पक्षमा एमालेका चार सांसदले मत हाल्दा उनको पद जोगिएको थियो । शाहीकाे मुख्यमन्त्री जोगिन आवश्यक २० मत रहेकाेमा  एमालेका ४ सांसदले फ्लोर क्रस गरेसँगै २२ मत पाएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि