जेठ ०८, २०८१, मंगलबार
               

एमाले सांसदले फ्लोर क्रस गरेपछि कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

 नेकपा एमालेका सांसदहरूले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।
उनले  विश्वासको मत पाएका छन् ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २ मत बढी नै अर्थात् २२ मत पाए ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली काँग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।


कस्तो लाग्यो ?

यो पनि