जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा तीन दलले गर्यो विशेष अधिवेशनको माग

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरेको छ ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशन माग गरिएको समावेदन पत्र दर्ता गराएका हुन् ।

उक्त अवसरमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यलगायत दलका प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

हिउँदै अधिवेशन चलिरहेको अवस्थामा सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले यही वैशाख १ गते रातको १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका थिए ।

यो पनि