जेठ ०४, २०८१, शुक्रबार
               

अविश्वास प्रस्ताव छल्न मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेश सभाको चालू अधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो ।  नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आजै प्रदेशसभामा मुख्यमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव लैजाने तयारी गरिरहेका बेला संसद अधिवेशन अन्त्य भएपछि अब के गर्ने भन्ने विषयमा विपक्षी दलका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७, नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद रहेका छन् । एमाले नेतृत्वको सरकार टिकाइ राख्न एक स्वतन्त्र र तीन प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाको समर्थन आवश्यक थियो ।


कस्तो लाग्यो ?

यो पनि