जेठ ०६, २०८१, आइतबार
               

जसपा पदाधिकारी बैठक स्थगित

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा)को आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । शीर्ष नेताहरूको कार्यव्यस्तताको कारण आजको बैठक स्थगित् भएको बताइकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेृबारे जसपाभित्र दुई धार देखिएको छ । सहकार्य गर्नुपर्छ भन्ने धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने सहकार्य गर्न नहुने पक्षको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका छन् । 

पछिल्लो समय जसपाका नेताहरूले सरकारको नेतृत्व आफ्नै दलले गर्नुपर्ने अडान पनि राख्न थालेका छन् ।


कस्तो लाग्यो ?

यो पनि