बैशाख १७, २०८१, सोमबार
               

तत्काल विद्यालय बन्द नगर्न सरोकारवालाको आग्रह

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षा क्षेत्रको सरोकारवालाहरूले तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । 

सोमबार शिक्षा मन्त्रालयले बोलाएको सुझाव कार्यक्रममा सहभागी सरोकारवालाहरूले सो आग्रह गरेका हुन् । विद्यालय उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढ्दै गएकाले संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकाले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सोमबार छलफल भएको थियो । 

बैठकमा सहभागी सरोकारवाला व्यक्तिहरूले मन्त्रालयलाई ठाउँ विशेषका आधारमा निर्णय गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य सुरक्षाका मापदण्ड विद्यालयमा कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुपर्ने सुझाव दिएका छन् ।

सुरक्षाका मापदण्ड पालना नगर्ने/ नगराउने विद्यालयलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नुपर्ने कुरा पनि छलफलमा उठेको थियो ।


कस्तो लाग्यो ?

यो पनि