जेठ ०५, २०८१, शनिबार
               

बेरोजगारीको समस्या भयावह भएको भन्दै थापाले गराए सरकारको ध्यानाकर्षण

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा नेता थापाले सो बताएका हुन् । 

थापाले देशभित्र खुद्रा व्यापारीदेखि पर्यटन क्षेत्रका लाखौँ नेपालीले रोजगारी गुमाएको बताउँदै उनले वैदेशिक रोजगारीमा लाखौँ नेपाली कामविहीन भएको बताए । 

‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौँ नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन् । यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’

यो पनि