बैशाख १५, २०८१, शनिबार
               

पूर्वराजाले हरिद्वार कुम्भ मेलामा के भने ?

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

विश्वको एकमात्र हिन्दु सम्राटकै रूपमा पूर्वराजा शाहलाई लिइएको आयोजकहरूले बताएका छन् ।

हरिद्वारमा भएको महाकुम्भ मेलामा सन्देश दिँदै पूर्वराजाले 'अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नु छ’ भनेका छन्।

उनले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनी संस्कारमा ह्रास आएको जनाउँदै त्यसप्रति सबैको ध्यान पुग्नुपर्ने बताएका छन्।

हेर्नुस् पूर्वराजाको सन्देश

हेर्नुस् भिडियो

 


कस्तो लाग्यो ?

यो पनि