बैशाख ०७, २०८१, शुक्रबार
               

आजदेखि जारी जसपा बैठक अझै ३/४ दिन चल्ने

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् ।

बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३/४ दिन अझै चल्ने बताए ।

जसपाभित्र अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको बिषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेताहरु सरकारविरुद्ध मोर्चाबन्दी गर्ने पक्षमा उभिएका छन्।


कस्तो लाग्यो ?

यो पनि