चैत १६, २०८०, शुक्रबार
               

सही समयमा सही निर्णय नगरेको भन्दै आयोगप्रति पोखे नेपालले असन्तुष्टि

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता नेपालले सो असन्तुष्टि जनाएका हुन् ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला,’ नेपालले भने  । 

आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको बताउँदै नेता नेपालले समानान्तर कमिटी गठनको बचाउसमेत गरे । नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताउँदै जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्ने आफूहरुको भनाइलाई बेवास्था गरिएको बताए ।

उनले भने, ‘तर, अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनुभएछ । त्यसैलाई केन्द्रीय कमिटीको विषेश बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनुभयो, जिम्मेवारी खोसिदिनुभयो । मान्छे थपिदिनुभयो । विधान संशोधन गरिदिनुभयो ।’

यो पनि