बैशाख १४, २०८१, शुक्रबार
               

सरकारमा जाने कांग्रेसको रहर होइन :नेता सिंह

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीले गरेका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गरी चुनावमा जान कांग्रेसको नेतृत्व सरकार गठन गर्न लागिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले सो बताएका हुन् । 

अहिले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रहर नभएको बताए । अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक नभएको बताउँदै कांग्रेस नेता सिंहले भने, ‘आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनीत गरेका, संविधानको भावनाविपरीत गरेका कामहरुलाई संशोधन गरेर चुनाव गराउनका लागि जोड दिनुपर्छ ।’

पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिने गरेको बताउँदै उनले सो त्यसले कांग्रेसलाई राम्रो न‍गर्ने बताए ।

‘जनतालाई राहत दिने, संसदलाई सुचारु गर्ने भनेपछि त्यसमा इमान्दारिता त सबैमा हुनुपर्यो नि होइन भने त कांग्रेस पब्लिकको नजरमा खस्किँदै जान बेर छैन,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि