बैशाख १५, २०८१, शनिबार
               

आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  आज दिउँसो २ बजेको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार उक्त बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने छ । साथै, भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

समसामयिक राजनीति, नयाँ सरकार गठन, विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई जानकारी गराउने कार्यक्रम रहेको छ । 

गत शुक्रबार कांग्रेसले सत्ता समीकरणको लागि माओवादी केन्द्र र जसपासँग छलफल गरेको थियो । उक्त छलफल सबै दलबाट सकरात्मकमा टुंगिएको कांग्रेसले बताउँदै आएको छ । बैठकमा आफ्नै नेतृत्वमा कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रस्ताव राखेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि