बैशाख ०५, २०८१, बुधबार
               

राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिरीको अध्यक्षमा किरण खड्का निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको राप्रपा जिरीको अधिवेशनले खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सृष्टि जिरेल, सूर्यबहादुर बस्नेत, सचिवमा सृष्टि न्यौपाने, कोषाध्यक्ष ओलकबहादुर जिरेल निर्वाचित भएका छन् ।

अधिवेशनमा राप्रपा केन्द्रीय कार्यसम्पादन सदस्य विजय खडकाले राप्रपा सबै राष्ट्रवादीहरूकाे साझा चौतारी भएको बताए । राष्ट्रियताको संरक्षण र संवर्द्धनको लागि राप्रपा अग्रिम मोर्चामा रहेको बताउँदै उनले राष्ट्रपतिद्वारा वितरीत पदकमा समेत नेपाली लिपुलेक लिम्पियाधुरा अंकित नक्सा राख्न नसक्ने ओली राष्ट्रवाद नक्कली र खोक्राे आडम्बर भएको बताए ।

उनले निर्वाचित कार्यसमितिलाई निर्देशन दिँदै जनताको घरदैलाेमा पुगेर आगामी निर्वाचनमा सबै तहमा राप्रपाको झन्डा फहराउन निर्देशन दिँदै जनताको काम गर्दा कसैले वाधा अड्चन गरे कार्यकर्ताको संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

उक्त कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सुन्दर प्रकाश खड्का, तीर्थ केसी, राप्रपा दोलखा अध्यक्ष राजन सिवाकोटी, सूर्य बस्नेत, रामकाजी खड्कालगायतले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले निर्णायक आन्दोलन गर्ने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि