चैत १५, २०८०, बिहीबार
               

पुन: लकडाउन हुन सक्ने प्रधानमन्त्रीको संकेत

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  दोस्रो चरणको कोरोनाबाट बच्न लकडाउन हुनसक्ने संकेत गरेका छन् । 

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । 

‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारको पहिलो प्राथमिकता नागरिकको स्वस्थ जीवन भएकाले यसतर्फ सचेत बन्नुपर्ने हुनसक्छ ।’

शुक्रबार मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई विद्यालयलगायत भीडभाडयुक्त क्षेत्र बन्द गर्न सिफारिस गरिसकेको छ । अहिले यस विषयमा सिसिएमसीको बैठक भइरहेको जनाइएको छ ।

यो पनि