जेठ ०६, २०८१, आइतबार
               

जसपा मागिखाने कमजोर क्षेत्रीय पार्टी होइन : डा. भट्टराई

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) अरुसँग मागेर खाने कमजोर जातीय र क्षेत्रीय शक्ति नभएको बताएका छन्।

जसपा पदाधिकारीको बैठक सौहाद्र्रपूर्ण र गम्भीर वातावरणमा सुरु भएको बताउँदै डा भट्टराईले एक ट्विटमार्फत् सो बताएका हुन् ।

‘जसपा अरूसँग मागेर खाने कमजोर जातीयरक्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नुछ,’ बाबुरामद्वारा गरिएको ट्विटमा भनिएको छ ।

उनले उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको समाधानका निम्ती अग्रणी भूमिका खेल्नुपर्ने समेत बताए। 

‘जसपाको पदाधिकारी वैठक सौहार्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ। उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक संकटको अग्रगामी समाधाननिम्ति अग्रणी भूमिका खेल्नैपर्छ,’ बाबुरामले अगाडि लेखेका छन्।

pic.twitter.com/iTrT5NNfYL


कस्तो लाग्यो ?

यो पनि