बैशाख ०८, २०८१, शनिबार
               

प्रचण्डले बल्ल थाहा पाए : देउवा

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सरकारको विषयलाई लिएर सार्वजनिकस्थलमा जुहारी चलेको छ । 

शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा एउटै मञ्चमा आसिन भएका उनीहरुबीच सरकार गठन र प्रतिनिधिसभाको चुनावको विषयलाई लिएर जुहारी चलेको हो । 

एउटै मञ्चा बसेका पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको देउवामाथि आरोप लगाउँदै भने, ‘जोखाना हेर्दाहर्दै एउटा चान्स मिस गर्‍यो । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न हाँस्न पाउनु भन्ने हुनेछ ।’

जुन भनाइ २०७४ सालको प्रतिनिधिसभा भन्दा अघि देउवाले कम्युनिस्ट शासनको उदाहरण दिँदै दिएको अभिव्यक्ति थियो । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ पौडेलले भने, ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’

पौडेलबाट यस्तो जवाफ आएसँगै सभापति देउवाले कांग्रेससँग संसदको एक चौथाइ संख्या पनि नभएको  बताउँदै कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर आफूले भनेको उल्लेख गर्दै जनताले भोट नदिएको भनी गुनासो गरे । 

‘तर जनताले हामीलाई भोट दिएनन्, त्यहीँ भएर तपाईंले पनि हार्नुभयो ।’

‘आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गए,’ सोही क्रममा सभापित देउवाले माओवादी केन्द्रका अध्यक्षप्रति असन्तुष्टि पनि पोख्दै भने,  ‘बल्ल थाहा पाए प्रचण्डले । उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ ।’

यसअघि प्रचण्डले प्रधानमन्त्री बनिदिनु भनी अफर लिएर आए पनि देउवाले साथ निदिएको भन्दै गुनासो गर्दै आएका प्रचण्डलाई आफ्नै निवासमा बैठकका लागि बोलाएका दिन देउवाले प्रचण्डसँग मन दुख्नुको कारणबारे खुलासा गरेका हुन् । यसअघि दाहालले देउवाको मन दुख्नुको कारण रहेको बताउँदै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि