बैशाख २५, २०८१, मंगलबार
               

सांसद पद खारेज भएका चार मन्त्रीको आज पुनर्नियुक्तिपछि शपथ हुँदै

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

सांसद पद खारेज भएका चार मन्त्रीले पुनर्नियुक्ति भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले आजै शपथ पनि भएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबार ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । 


कस्तो लाग्यो ?

यो पनि