बैशाख ११, २०८१, मंगलबार
               

सावधानी अपनाउन ओलीको आग्रह

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको बताउँदै सावधानी अपनाउन आग्रह गरेका छन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतमा कोभिड संक्रमण दर बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको बताउँदै सो आग्रह गरेका हुन् । 

‘भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिनुपर्छ ,’ उनले भने, ‘कोभिड-१९ को सन्दर्भमा म भन्न चाहन्छु । यदि हामी सावधान भएनौँ भने हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ, तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ । अहिलेदेखि नै हामी सावधान हुनुपर्छ , दूरी कायम गर्ने, मास्क लगाउने। किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔँ । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ।’


कस्तो लाग्यो ?

यो पनि