बैशाख १४, २०८१, शुक्रबार
               

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे सरेकाे हाे । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो ।  

समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि चैत २० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि