बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल समूहले बाग्मती प्रदेशका सबै जिल्लामा बनायो छुट्टै संरचना

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले बाग्मती प्रदेशमा छुट्टै संरचना बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो ।

यस्तै, सो समूहले विभन्न जिल्लामा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारी पनि चयन गरेको हो ।

काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् भने काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन् । त्यसैगरी, ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन चयन भएका छन् । 

चितवनमा इन्चार्ज कृष्ण खनाल र अध्यक्षमा तेजेन्द्र खड्का तोकिएका छन् । मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ ।

भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् ।रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् ।

सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् । सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् ।

रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् । धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन् ।

यो पनि