बैशाख १४, २०८१, शुक्रबार
               

प्रचण्डलाई व्यंग्य गर्दै महेश बस्नेतले सुनाए संसद्मा यस्तो ‘कविता’

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् । सोमबारको बैठकमा बस्नेतले प्रचण्डको नाम नलिई व्यंग्य गरेका हुन् ।

सम्माननीय सभामुखज्यू भनेर कविता सुरु गरेका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको नाम पनि कतै उच्चारण गरेनन् । तर, उनले सुनाएको ‘कविता’ प्रचण्डमाथि लक्षित थियो भन्ने प्रष्टै बुझिन्थ्यो ।    
उनले सुनाएका गद्य कविता शैलीको वाक्यांश: 

चुनावअगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडेँ

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद् विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा  पर्‍यो  भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघरमण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरेँ

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

कांग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सिट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

कांग्रेस जागेन !

धन्यवाद ।

यो पनि