काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको बताएका हुन् ।
सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापना हुने आशासमेत व्यक्त गरे ।
मन्त्री ज्ञवालीले नेपालसहित देशको समर्थनमा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले एउटा रिजोलुसन पारित गरेको बताए ।
‘हामी गम्भीर रुपले चिन्तित छौँ । त्यहाँ बालबालिकाहरु र शान्तिपूर्ण प्रदशर्न गरिरहेकाहरुको हताहती भएको । ती सबै विषयहरु नेपालसमेत पक्ष भएर पारित भएको रिजोलुसनमा छ । त्यसमा सबै विषय समेटिएको अनुरोध गर्न चाहन्छु’ उनले भने ।