जेठ ०४, २०८१, शुक्रबार
               

माधव समूहले गर्‍यो काठमाडौंमा समानान्तर कमिटी गठन

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गर्दै आएको नेकपा एमाले माधव समूहले काठमाडौंमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

यसै क्रममा आइतबार नेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौं जिल्ला कमिटी गठन गरेको हो। जसको अध्यक्षमा वसन्तप्रसाद मानन्धर चयन भएका छन् ।मानन्धर बागमती प्रदेश सभाका सदस्यसमेत हुन् । एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’

नेता नेपालले पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरे । उनले पार्टी विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने पनि बताए। ‘कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन’ उनले भने।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्वन गरेपछि खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

यो पनि