जेठ ०८, २०८१, मंगलबार
               

हामी नै मूल पार्टी हौँ : नेता नेपाल

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल पार्टी आफूहरु नै भएको बताएका छन् । अध्यक्ष ओलीबाट ६ महिनाका लागि निलम्वनमा परेका नेता नेपालले आइतबार काठमाडौैं जिल्ला कमिटी घोषणा गर्ने क्रममा सो बताएका हुन् ।

कानुनले नदिए विकल्प खोज्ने बताउँदै नेता नेपालले मूल पार्टी यही भएको बताए । नेता नेपालले भने, 'केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’ सो क्रमा उनले भने, ‘ओलीसँग अब मिल्ने कुनै अवस्था  छैन । कानुनले छुट्टै पार्टी खोल्न नदिए विकल्प खोज्छौँ ।

ओलीले फालेर फालिने मान्छे आफू नभएको बताउँदै नेता नेपालले संख्यात्मक हिसाबले पनि नेपालले आफ्नो समूह संगठनभित्रको हिसाबले कमजोर नरहेको बताए । उनले भने, ‘वामदेव र हामी एकै ठाउँमा उभिँदैछौँ, केन्द्रीय कमिटीमा हामी ९७ जना हुँदैछौँ।’

सो क्रममा नेता नेपालले केपी शर्मा ओलीलाई नवौँ महाधिवेशनमा जालझेम गरेर विजय भएको आरोप लगाउँदै धेरै फुर्ती नगर्न चेतावनी दिए। 

‘महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन । अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई फालेर ओलीले कमाउवादलाई प्रश्रय दिँदैछन् । ओलीको बुझाइमा मार्क्सवाद मुक्ति होइन कमाउवाद हो,’ आइतबार आफू निकट काठमाडौं जिल्लाको समानान्तर कमिटीलाई घोषणा गर्दै उनले भने । 

यो पनि