
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी जानकीदेवी रामले शपथ लिएकी छन् । प्रतिनिधिसभा सदस्य सानु शिवाको निधनको निधनपश्चात् उनको ठाउँमा राम समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् ।
उनलले सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाबाट रामले शपथ लिएकी छिन् ।
तत्कालीन सांसद सानु शिवाको निधन भएपछि नेकपा एमालेले उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्राचार गरेको थियो ।
एमालेको पत्राचारपछि आयोगले उनलाई सांसद निर्वाचित गरेको थियो ।