जेठ ०६, २०८१, आइतबार
               

पार्टी एकता जोगाउन खनाललाई भण्डारीको सुझाव

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकता जोगाउन आग्रह गरेकी छिन् । 

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला खनाल निवास पुगेकी राष्ट्रपति भण्डारी र वरिष्ठ नेता खलनाबीच भएको भेटवार्ताका क्रममा सो आग्रह गरेकी हुन् । शनिबार राष्ट्रपति र खनालबीच करिब एक घन्टा कुराकानी भएको थियो ।  

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी डल्लु स्रोतले जानकारी दियो । स्रोतका अनुसार लोकतन्त्र बलियो बनाउन पार्टीहरू पनि बलियो हुनुपर्ने बताउँदै एकीकृत पार्टी नटुटोस्, सकेसम्म मिलेर जान आग्रह गरेकी थिइन् । 

‘राष्ट्रपति​ आउनुभयो । वरिष्ठ नेता खनालले स्वागत गर्नुभयो । उहाँहरुबीच वर्तमान अवस्थाबारे करिब एक घन्टा भलाकुसारी भयो,’ स्रोतले खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र सुदृढ होस् भन्ने राष्ट्रपतिमा देखियो।’

भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीले इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा नेता खनालनिवास पुगेकी थिइन् ।

यो पनि