जेठ ०६, २०८१, आइतबार
               

खनालनिवास डल्लु पुगिन् राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल भेट्न डल्लुस्थित खनालनिवास पुगेकी छिन् ।यतिखेर दुई जनाबीच भेटवार्ता भइरहेको छ । राष्ट्रपति र खनालबीचको भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचारबाहिरको विषय हो ।

जबजब सरकार संकटमा पर्छ तबतब सक्रिय हुने गर्छिन् भण्डारी । राजनीतिमा अब्बल बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठकले सरकार बनाउन पहल गर्ने निर्णयसँग केही कमजोरी बन्ने संकेत देखिएको छ ।     

यो पनि