भदौ २३, २०८१, आइतबार
               

कांग्रेसको निर्यण स्वागतयोग्य : प्रचण्ड

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले कांग्रेसको निर्यणसँगै देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको बताएका छन् । 

शुक्रबार बसेको कांग्रेसको  केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल लिने निर्णय गरेको थियो । 

कांग्रेसको निर्णयसँगै नयाँ सरकार गठनका बैठकहरू घनिभूत रूपले अघि बढ्ने बताएका छन् । नयाँ परिस्थितिको लागि आफू छिटो काठमाडौं फर्कनुपर्ने अवस्था रहेको बताउँदै उनले नयाँ सरकार बन्न लागेको सबै कार्यकर्तालाई सार्वजनिक रूपमै बधाईसमेत दिए ।

अध्यक्ष दाहालले संविधान पूर्ण नभएकाे बताए । संविधानमा मधेशी, दलित, महिला, जनजाति र पिछडिएका वर्गको अधिकारको विषय उल्लेख्य रूपमा नसमेटिएको उनको तर्क छ ।


कस्तो लाग्यो ?

यो पनि