बैशाख १५, २०८१, शनिबार
               

कांग्रेसको निर्णय आत्मघाती : अध्यक्ष थापा

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो निर्णय आत्मघाती हुने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त विकल्प नयाँ चुनाव नै भएको बएका हुन् ।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेको भोलिपल्ट अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर कांग्रेस सरकारमा जान नहुने बरु चुनावमा जानु बुद्धिमानी हुने बताए ।

थापाले लेखेका छन्–‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो । कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता,भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना/निर्णय आत्मघाती हुनेछ ।'


कस्तो लाग्यो ?

यो पनि