जेठ ०४, २०८१, शुक्रबार
               

देशव्यापी रुपमा संगठन विस्तार गर्ने नेपाल समूहको निर्णय

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने भएको छ । 

शुक्रबार नेपाल समूहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत देशव्यापी अभियान सञ्चालन निर्णय गरेको हो।  

सो क्रममा नेता योगेश भट्टराईले आफ्ना समूहका नेताहरुमाथिको कारबाही पार्टीको नवौँ महाधिवेशनले पारित गरेको विधानविपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको बताएका छन् । 

‘नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाही स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही छ, यसको भर्त्सना तथा निन्दा गर्दछौँ,’ नेता भट्टराईले भने ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको जनाएको छ । ओलीका यस किसिमको कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णयसमेत भएको उनको भनाइ छ ।

यो पनि