जेठ ०६, २०८१, आइतबार
               

ओलीको अभिव्यक्तिप्रति अध्यक्ष दाहालको आपत्ति

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रतिगमनको रुपमा चित्रण गर्न खोजेको बताउँदै आपत्ति जनाएका छन् । शुक्रबार मेलम्ची खानेपानी वितरणको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा पुग्न नपाएपछि अर्कालाई प्रतिगमनको रुपमा चित्रण गरेको केही छिनमै अध्यक्ष दाहालले आपत्ति जनाएका हुन् । 

‘कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न सकेन भने प्रतिगमन भयो भनिदिने परिपाटी देखिएको उनको भनाइ थियो । ‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’ उनले प्रश्न गरे, ‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने, अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ?’

आफ्नो आलोचनाका क्रममा ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै ओलीले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र रहेको प्रस्ट पारे ।

उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रश्न गरे, ‘प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने ? यति सारो जनता अल्मल्याउने ?’

प्रधानमन्त्री ओलीले संसदले काम अघि बढाउन नसकेको बताउँदै संसद् सांसद तानातान गर्ने थलो भएको आरोप लगाएका थिए ।‘संसदलाई बलिया हुँ भन्ने व्यक्तिका स्वार्थको तानातानको थलो बनाइनु हुँदैन । देशमा कसरी विकास गर्ने भनेर संसदले सोच्नुपर्छ ।’

पुस ५ मा संसद विघटनसँगै तत्कालीन नेकपाको दाहाल-नेपाल धारले प्रधानमन्त्री ओलीलाई प्रतिगमनको संज्ञा दिँदै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि